Advertisement

सुनको भाउ स्थिर, सोमबार कतिमा हुँदैछ कारोबार ?

0 4

Advertisement

२८ जेठ, काठमाडाैं । सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर रहेको हो ।

साताको पहिलो कारोबार दिन आज सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार २९५ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५२ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.