Advertisement

अमेरिकी डलरकाे मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित विदेशी मुद्राहरुको घट्याे मूल्य

0 6

Advertisement

२८ जेठ, काठमाडौँ । आज अमेरिकी डलरका् मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारबोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा थियो। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा थियो। आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५३ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.