Advertisement

सुनको भाउ एकैदिन प्रतितोला ४ हजार रुपैयाँ घट्यो

0 7

Advertisement

२७ जेठ, काठमाडाैं । सुनको भाउ एकैदिन ४ हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो ।

साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार २९३ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर १७ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.