Advertisement

सुनको भाउले लगातार तोड्दै रेकर्ड, शुक्रबार एक तोला सुन किन्नेले १ लाख ४५ हजार खर्चिनुपर्ने

0 12

Advertisement

२५ जेठ, काठमाडाैं । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ । बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले शुक्रबार फेरी अर्को रेकर्ड बनाएको हो ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढ्दा नेपालमा पनि वृद्धि भएको व्यवसायीहरु बताउँछन् । यद्यपी नेपालमा सुनमा ५ प्रतिशत भन्सार दर बढाएका कारण पनि सुनको भाउ उचाइमा पुगेको हो ।

आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याएको छ। सरकारले चालु आवर्षको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुरÞ्याइएकामा सरकारले फेरि भन्सार ५ प्रतिशत वृद्धि गरेको थियो ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ बिहीबार प्रतितोला १० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ५१ पैसामा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.