Advertisement

काठमाण्डौं महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग

0 6

Advertisement

२४ जेठ, काठमाडाैं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाण्डौं महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन्।

उनले संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र सहअस्थित्वमा आधारित भएको बताए । उनले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताए ।

उनले संविधानको अनुसूचि ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको भन्दै सङ्घीय सरकार र काठमाण्डौं महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको बताए ।

उनले भने, ‘‘संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्थित्वमा आधारित छ । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ । संविधानको अनुसूचि ५, ६, ७, ८, ९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको छ । हाल सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाबिच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भीर प्रश्न उठेको छ ।’’ उनले सरकारले तत्काल समन्वय गर्न आग्रह गरे । उनले सरकारी पक्षले अहङ्कार, हुल उद्धत र झगडिया मानसिकता बोक्न नहुने बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.