Advertisement

नेप्सेसँगै घट्यो कारोबार रकम

0 6

Advertisement

२३ जेठ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.५८ अंक घटेको छ । अघिल्लो दिन ६.२२ अंक बढेको थियो । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडमा खुम्चियो ।

कुल ८३ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ६ को स्थिर रह्यो । माइक्रोफाइनान्स क्षेत्रको सूचक १.३१ प्रतिशत (६० अंक) बढ्यो । माइक्रोफाइनान्सबाहेक उत्पादन समूह २८ र फाइनान्स सूचक २ अंक बढे ।

बैंकिङ ७, विकास बैंक १२, होटल तथा पर्यटन २९, हाइड्रोपावर १६, जीवन बीमा ५५, निर्जीवन बीमा २६, अन्य ११ र व्यापार समूह ३१ अंक घटे ।

भगवती हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मनकामना स्मार्ट लघुवित्तको ९.८, माइखोला हाइड्रोपावरको ९.६, विजय लघुवित्तको ७.९, लक्ष्मी लघुवित्तको ७.६ तथा नाडेपको ७.३ प्रतिशत मूल्य बढ्यो ।

अपर लोहोरेखोला हाइड्रोको ५.५, रसुवागढी हाइड्रोपावरको ३.६, अपरसोलु हाइड्रोको ३.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, पोखरा फाइनान्स र ग्लोबल आईएमई लघुवित्त क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.