Advertisement

टी-सिरिजलाई उछिन्दै मिस्टर बिस्ट बने विश्वमै धेरै पछ्याइने युट्युव स्टार

0 10

Advertisement

२० जेठ, काठमाडौं । ‘मिस्टर बिस्ट’ नामक च्यानल विश्वमा सर्वाधिक धेरै पछ्याइने युट्युव च्यानल बनेको छ । अमेरिकी युट्युवर जिम्मी डोनाल्सनको यो च्यानललाई २६ करोड ६९ लाख भन्दा बढीले सब्सक्राइब गरेका छन् ।

भारतीय म्युजिक कम्पनी टी-सिरिजको च्यानल दोस्रो स्थानमा झरेको छ । टी-सिरिज च्यानलका २६ करोड ६७ लाख सब्सक्राइबर छन् । सर्वाधिक पछ्याउने रेकर्ड रचेपछि डोनाल्सनले टी-सिरिजसँग ६ वर्ष पुरानो प्युडिपाईको बदला लिएको बताएका छन् ।

त्यतिबेला स्वीडेनका युट्युवर प्युडिफाईलाई पछि पार्दै टी-सिरिज धेरै पछ्याइने च्यानल बनेको थियो । त्यतिबेला मिस्टर बिस्टले प्युडिफाईको समर्थन गर्दै उनलाई सब्सक्राइबर बढाउन मद्दत गरेका थिए ।

मिस्टर बिस्ट स्वयमले सन् २०२२ को नोभेम्बरमा प्युडिफाईलाई उछिनेका थिए । मनोरञ्जनात्मक भिडियो सामाग्री र दर्शकसँग निरन्तर जोडिएको कारणले पछिल्लो समय मिस्टर बिस्टलाई पछ्याउनेको संख्या ह्वात्तै बढेको अनुमान छ ।

नेपालमा समेत मिस्टर बिस्टका प्रशंसक ठूलो संख्यामा छन् । खासगरि, तन्नेरी पुस्ताका युट्युव प्रयोगकर्ता उनलाई धेरै पछ्याउँछन् । हालैको महिनामा मिस्टर बिस्टको एक समूह सिन्धुपाल्चोकमा अस्पतालको निर्माण गर्न नेपालमा थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.