Advertisement

आमाको फिल्म किन हेर्दैनन् काजोलका छोरा ?

0 11

Advertisement

१९ जेठ, एजेन्सी । अभिनेत्री काजोलले सन् १९९२ मा बलिउडको अभिनयको दुनियाँमा कदम राखेकी थिइन् । ३० वर्षको फिल्म करिअरमा उनले धेरै हिट तथा सुपरहिट फिल्म दिएकी छन् ।

आज पनि उनी फिल्ममा उस्तै उत्साहका साथ काम गर्न तयार छिन् । देशविदेशमा उनका धेरै नै प्रसशंकहरू छन्, जसले उनको अभिनयलाई एकदमै मन पराउँछन् ।तर, उनै हिट काजोलका छोरा युगले भने आमाका फिल्म हेर्न मन पराउँदैनन् ।

बीबीसीलाई दिएको अन्तरवार्तामा अभिनेत्रीले यस कुराको खुलासा गरेकी थिइन् । अभिनेत्रीका अनुसार उनी फिल्ममा एकदमै धेरै रून्छिन्, जो उनका छोरालाई राम्रो लाग्दैन । उनी फिल्ममा रूने कारणले गर्दा छोरा युगले उनको फिल्म नहेर्ने बताइन् ।

युग चाहन्छन् कि उनकी आमा पनि बुवा अजय देवगनले जसरी एक्सन फिल्महरू गरून् । जसलाई उनी हेर्न रूचाउँछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.