Advertisement

जेठ २३ देखि काठमाडौंमा आदिवासी चलचित्र महोत्सव

0 16

Advertisement

१४ जेठ, काठमाडौं । चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची पनि सार्वजनिक गरियो ।

तीनदिने फेस्टिभलको ओपनिङ फिल्मको रुपमा १२ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवमा सहभागिता जनाउने फिल्मलाई विभिन्न आठ विधामा पुरस्कृत गरिने भएको छ ।

उत्कृष्ट फिचर फिल्मलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार र उत्कृष्ट छोटो फिल्मलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । पब्लिक च्वाइस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ दिइने भएको छ ।

फेस्टिभलमा लिम्बू भाषाको फिल्म ‘सुगुप’, तामाङ भाषाको ‘दार्वुङ’, गुरुङ भाषाको ‘मार्कली’, मगर भाषाको ‘रोस’, थारु भाषाको ‘जितिया २’, राजवंशी भाषाको ‘मोख’, भुजेलको ‘जन्मदेखि मृत्युसंस्कार’, प्रतिष्ठानका चार फिल्म र नर्वेको फिल्म ‘इन्डिजिनियस पुलिस’ स्क्रिनिङ हुने भएका छन् ।

फेस्टिभलमा आदिवासी मौलिक खानाको स्टल, आदिवासी भेषभूषा, फोटो प्रदर्शनी, आदिवासी र्‍याम्प वाक, विभिन्न जातिको झाँकीका साथमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने जनाइएको छ ।

यसअघि कोरोना महामारीले प्रभावित भएको फेस्टिभललाई यसपटकदेखि निरन्तरता दिइने जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.