Advertisement

अभिनेत्री नन्दिता केसी वैवाहिक जीवनमा प्रवेश गर्दै

0 58

Advertisement

१८,फागुन काठमाडौं ।अभिनेत्री नन्दिता केसी वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । उनले शनिवार प्रेमी अरविन्द्र कटवालसँग एक समारोहकाबीच लगनगाँठो कस्न लागेकी हुन् ।


हिजो बिहीबार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीबनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनी अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो । मेहन्दी सेरोमनीका केही तस्बिर सामाजिक सञ्जालमा पनि आएका छन् । जसमा उनी निकै खुसी देखिएकी छन् ।


नन्दिताले केही अगाडि प्रेमी अरविन्द्र कटवालसँगको इन्गेजमेन्ट तस्बिर सार्वजनिक गर्दै विवाह जानकारी दिएकी थिइन् । मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गर्न लागेका हुन् ।


नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । विवाहका लागि दुवै केही अगाडि काठमाडौँ आएका छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो । उनको पछिल्लो फिल्म ‘जंगबहादुरको कोट’ थियो । जुन ७ वर्षअघि प्रदर्शनमा आएको थियो ।

तस्बिर सामाजिक सञ्जाल:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.