Advertisement

सेयर बजारका सबै समूह घटे, नेप्से १९७२ अंकमा

0 22

Advertisement

१७ फागुन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १९७२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २८.६८ अंक (१.४३ प्रतिशत) घटेको हो । दिनभर कुल २ अर्ब ५९ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब ३ करोडको कारोबार भएको थियो । कुल २२० कम्पनीको मूल्य घट्दा १७ को बढ्यो भने ११ को स्थिर रह्यो ।

सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.२१ प्रतिशत घट्यो । बैंकिङ ०.८८, विकास बैंक १.६४, होटल तथा पर्यटन २.२७, हाइड्रोपावर २.६२, लगानी १.५३, जीवन बीमा १.३२, माइक्रोफाइनान्स १.२८, अन्य १.४६, उत्पादन ०.४६, निर्जीवन बीमा ०.७० र ब्यापार समूह २.५१ प्रतिशत घटे ।

बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्यो । यसको मूल्य प्रतिकित्ता २१ हजार ६०५ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै समाज लघुवित्तको ७.१८ प्रतिशत मूल्य बढ्यो भने बोटलर्स नेपाल तराईको ५.२९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ३.९९, विशाल बजार कम्पनीको ३.३५, सिर्जनशील लघुवित्तको २.८९ प्रतिशत मूल्य बढ्यो ।

जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको ८.६, मोलुङ हाइड्रोपावरको ८, इङवा हाइड्रोपावरको ७.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.