Advertisement

सुनको भाउमा सामान्य गिरावट, बुधबार एक तोला सुनलाई १ लाख १८ हजार २०० रुपैयाँ पर्ने

0 26

Advertisement

१६ फागुन, काठमाडाैं । सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार १०० रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । मंगलबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३० दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ४३ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.