Advertisement

सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ : सांसद गौतम

0 11

Advertisement

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाएकी छन् ।

आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताइन् । ‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन् । मन्त्रीहरूले भेट्छन् चाहीँ कसलाई ?,’ उनले प्रश्न गरिन् ।

आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएकोमा उनको असन्तुष्टि थियो । प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको उनको भनाई थियो ।

यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै उनले प्रदेश संरचनाको कारण झनै अप्ठ्यारो परेको बताइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.