Advertisement

तामाकोशीको लिलामी सेयरको पैसा फिर्तामा जालझेल, ‘कसैलाई डबल फिर्ता, कसैलाई महिनौंसम्म बेवास्ता’

0 18

Advertisement

१३ फागुन, काठमाडाैं । अपर तामाकोशीको लिलामीमा आवेदन गरेका केही लगानीकर्ताले रकम फिर्ता पाउन सास्ति भोगेका छन् । कम्पनीले सेयर नपाउने केही लगानीकर्तालाई दोई पटक (डबल) समेत रकम समेत फिर्ता गरेको छ भने केही लगानीकर्ताले बाँडफाँडको एक महीनासम्म रकम फिर्ता नपाएका हुन् ।

क्यापिटलले जारी गरेको सूचना अनुसार माघ २२ गतेदेखि नै लिलामी सेयर बाँडफाँडमा नपरेका आवेदकको सेयर बापतको रकम लिलामी फारममा उल्लेख गरिएको सम्बन्धित लगानीकर्ताको खातामा भुक्तान गरिने जनाएको थियो । तर लामो समयसम्म पनि लगानीकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । लिलामीमा आवेदन दिँदा नै निकै भीडभाड र सास्ति खेपेका लगानीकर्ताले रकम फिर्ता पाउन समेत उस्तै सास्ति भोगेका हुन् ।

क्यापिटलको कमजोर कार्यसम्पादनका कारण लिलामीमा सेयरमा आवेदन गरेर सेयर नपाएका लगानीकर्तालाई असर परेको हो । मिनि आईपीओको संज्ञा समेत पाएको यस कम्पनीको लिलामाी सेयर खरिदका लागि बोलकबोल मार्फत तीन दिन लगाएर बोलपत्र खुला भएको थियो । क्यापिटलले गत माघ ५ गते शुक्रबार ६ गते, शनिबार र ७ गते तीन दिन लगाएर सिलबन्दी बोलपत्र खोलेको थियो भने माघ १७ गते मात्र लिलामी सेयर बाँडफाँड गरेको थियो । धेरैजसो लगानीकर्ताले सेयर नपरेको रकम फिर्ता पाएपनि केही लगानीकर्तालाई भने अझेसम्म रकम फिर्ता नपाएको बताए । लिलामीमा सेयर खरिदका लागि आवेदन दिएका सरोज घिमिरेले आफूले अझैसम्म पनि लिलामीका लागि आवेदन दिएको सेयरको रकम नपाएको बताए ।

अघिल्लो शुक्रबार नै आइतबार रकम फिर्ता पठाउने बताएको क्यापिटलले हालसम्म पनि रकम नपाठाएको उल्लेख गर्दै उनले भने, “लिलामीमा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको बिक्री प्रबन्धकले लगानीकर्तामाथि अत्याचार गरेको छ । लिलामीमा आवेदन गरेको रकमको ब्याज पनि नदिने र सेयर बाँडफाँडको रकम महीनौंदिनसम्म फिर्ता नपाउँदा सम्बन्धित निकायमको ध्यान जान सकेको छैन ।” अन्य केहीले पनि लिलामीको रकम नपाएको बताएका उनले आफूजस्तै फिर्ता नपाउने लगानीकर्ताको हजारभन्दा बढी रहेको बताए ।

बाँडफाँडको एक महिना पुग्दा समेत रकम फिर्ता नपाउँदा आफूजस्तै धेरै लगानीकर्ताहरुले क्यापिटलका काम गराइबाट प्रताडित हुनुपरेको बताए । एक साताका लागि सापटी लिएर लिलामीमा आवेदन गरेकोमा महिना दिनसम्म पनि खातामा रकम फिर्ता नपाउँदा ब्याजको बोझ मात्र थपिएको उनको गुनासो छ ।

अपर तामाकोशीले जारी गरेको शतप्रतिशत हकप्रदमा अवितरित भएको सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलाम बढाबढमा बिक्री खुलाएको थियो । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पुँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.