संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्‌को आगामी अधिवेशनमा पारित हुन्छः सभामुख घिमिरे

0 19

२२ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्‌को आगामी अधिवेशनमा पारित हुने बताएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित १५औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्‌को आगामी अधिवेशनबाट पारित हुने बताएका हुन्।

सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे।

उनले भने, ‘संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंग्याउने अधिकार जनताको सार्वभौम सत्ता सम्पन्न माननीय सदस्यज्यूहरु रहनुभएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको हो।

यसलाई टुंग्याउने अधिकार उहाँहरुले राख्नुहुन्छ। उहाँहरुले यसको गरिमालाई बुझ्नुभएको छ । र, बुझेर छलफल गरिरहनुभएको छ। मलाई विश्वास छ, संसद्‌को आगामी अधिवेशनमा टुंग्याउने काममा उहाँहरुले सफलता हासिल गर्नुहुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.