Advertisement

फेसबुक मेसेन्जरमा कल र मेसेज अब हुनेछ सुरक्षित

0 32

Advertisement

२२ मंसिर, काठमाडौं । लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् ।

एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड टु एण्ड एन्क्रिप्टेड हुने बताएका छन् ।

यो अपडेटसँगै फेसबुक मेसेन्जर एप अब ह्वाट्सएप जस्तै सुरक्षाको मामिलामा सशक्त तथा सुरक्षित बनेको छ । फेसबुक मेसेन्जरकी प्रमुख लोरेडाना क्रिसनका अनुसार यस एन्क्रिप्सन पश्चात् मेटा वा कुनैपनि तेस्रो पक्ष एपहरुले प्रयोगकर्ताको मेसेन्जर कल वा मेसेज हेर्न पाउने छैनन् । यद्यपि यदि कुनै प्रयोगकर्ताले कुनै मेसेजका विषयमा उजुरी गर्यो भने यस्तो अवस्थामा भने कम्पनीले सो मेसेज हेर्न सक्दछ ।

स्मरण रहोस् फेसबुक मेसेन्जरमा सन् २०१६ देखि नै एनक्रिप्सन फिचर रहेको छ, तर यो डिफल्ट रुपमा आएको थिएन । अब नयाँ अपडेटसँगै यो डिफल्ट रुपमै एनक्रिप्टेड हुनेछ ।

एआई टुल इमेजिन समेत लञ्च

मेटाले हालैमात्र आफ्नो नयाँ एआई टुल इमेजिन समेत लञ्च गरेको छ । यसको सहयोगमा तपाईंले कुनै पनि फोटो वा ग्राफिक्स बनाउन सक्नुहुन्छ । त्यसका लागि तपााईले केवल टेक्स्ट लेख्नुपर्ने हुन्छ जसबाट यो टुललले तपाईंलाई तस्वीर बनाएर दिनेछ ।

मेटाको इमेजिन एउटा टेक्स्ट टु इमेज टुल हो । यसका अलावा इमेजिन एउटा स्टाण्डअलोन अर्थात् अलग्गै टुल पनि हो जसलाई छुट्टै नै प्रयोग गर्न सकिन्छ ।
–एजेन्सी



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.