नोबेल विजेता लेखक भन्छन् : समालोचकका कुरा सुन्न थालेको भए ४० वर्षअघि नै लेख्ने छोड्थेँ

0 33

२२ मंसिर, एजेन्सी । यसवर्षको नोबेल साहित्य पुरस्कार विजेता जोन फोजले आफ्ना कृतिहरुको समीक्षा खराब तरिकाले गरिएको गुनासो गरेका छन् । कृतिहरुको समीक्षालाइ विश्वास गरेको भए आफुले ४ दशकअघिनै लेख्ने काम बन्द गरिसक्ने यी नर्वेली लेखकको भनाइ छ ।

फोजका उपन्यास श्रृंखला ‘सेप्टोलोजी’, एलिस एट द फायर, मेलानकोली, एण्ड अ साइनिङ प्रख्यात कृति हुन् । सेप्टोलोजीका सातवटा श्रृंखला रहेका छन् । अव्यक्त विषयलाइ सिर्जनात्मक तरिकाले आफ्ना कृतिमा प्रस्तुत गरेको भन्दै उनलाई साहित्यतर्फ नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

आफ्ना कृतिहरुमा धेरै नै आत्महत्याका प्रसंग उल्लेख भएकाले ती कृतिले आत्महत्यालाइ वैधानिकता दिने त्रास आफुमा सधैँ रहने गरेको फोजले बताएका छन् ।

नोबेल पुरस्कारको वेबसाइटमा फोजको भनाइ समावेश गर्दै लेखिएको छ- ‘मेरा कृतिहरुले धेरैको जीवन बचाएको भन्दै मैले पाठकहरुबाट प्रतिक्रिया पाएँ । मेरा पाठकहरुको यो पृष्ठपोषणले मलाइ निकै भावुक बनायो । यसअर्थमा कि मलाइ थाहा छ लेखनले जीवन बचाउन सक्छ । लेखनले म स्वयंको ज्यान पनि बचाएको छ । र मेरो लेखनले अरुको समेत जीवन बचाएको सुन्न पाउँदा म निकै हर्षित भएँ।’

बाल्यकालमा बोल्न डराउने गरेकाले आफ्नो भाषा निकै कमजोर भएको फोजले बताए । व्यक्तिगत स्वभावका कारण भाषा खोसिएको झैँ लागेको र त्यसलाइ फिर्ता ल्याउन निके मिहेनत गर्नुपरेको उनले बताए ।

‘स्कुलमा केही कुरा वाचन गर्न लगाए भने मलाइ निकै डर लाग्थ्यो । त्यसैले म कक्षाकोठा नै छोडेर अन्त जान्थेँ । पछि साथीहरुलाइ ट्वाइलेट गएको भनिदिन्थे । बोल्न नसक्दा मेरो भाषा मबाट खोसिएको झैँ भान भयो । त्यो भाषा फिर्ता ल्याउन निकै सकस परेझैँ भयो । मेरा कृतिहरु प्रकाशित भएपछि भने मैले सुरक्षित महशुस गरेँ । विगतका त्रास विस्तारै हराउँदै गयो,’ उनले भने ।

फोजले युवाअवस्थामा संगीत र लेखनप्रति आफ्नो निकै रुची रहेको बताए । एक समय उनले रक शैलीका गीतमा गितार बादक बन्नका निम्ति संगीतसँग मात्रै लगाव राखे । विस्तारै उनी लेखनतर्फ अघि बढे । आफ्नो लेखन शैलीबारे उनी भन्छन्- ‘संगीत बनाउँदा मैले जे-जे अनुभव गरेँ । जसरी जसरी उत्कृष्ट धुन निकाल्न सकेँ त्यसकै अनुभवले मलाइ लेखनमा पनि संयोजन मिलाउन सिकायो ।’

आफ्नो लेखन प्रक्रियाबारे उनी थप भन्छन्- ‘दिमागमा फुर्दै गर्दा म त्यसमा संयोजन मिलाउँदै जान्थेँ । संयोजन मिलेको भान भएपछि ती संयोजन गायब हुनसक्छन् भन्ने त्रास हुन्थ्यो । त्यसलाई जस्ताको तस्तै उतार्थे ।’

सेप्टोलोजीमा पूर्णविराम नभएको प्रसंगलाई फोज नवीन कुरा मान्दैनन् । ‘एउटा प्रवाहमा मैले लेखिरहेँ । लेख्दै जाँदा कहीँ पनि पूर्णविरामको आवश्यकता परे झैँ लागेन । सेप्टोलोजी नर्वेको दक्षिण-पश्चिम तटमा बस्ने वृद्ध पेन्टर एस्लेको जीवनलाइ प्रतिविम्बित गर्ने उपन्यास हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.