अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो

0 17

२२ मंसिर, काठमाडाैं । अमेरिकी डलरको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ रुपैयाँमा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

बिहीबार युरो १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा तोकिएको थियो । शुक्रबार युरो १७ पैसाले घटेको हो । शुुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३५ पैसा र बिक्री दर ८७ रुपैयाँ ७४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा र बिक्री दर २८ रुपैयाँ ६० पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १० रुपैयाँ १३ पैसा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.