Advertisement

भयानक दुर्घटना झेलेका भारतीय क्रिकेटर पन्त आईपीएलमा फर्किने

0 35

Advertisement

१७ मंसिर, काठमाडौं । भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनमा फर्किने विषयमा चर्चा सुरु भएको छ। केही दिन अघि दिल्ली क्यापिटलका खेलाडीहरुको अभ्यासस्थलमा पुगेपछि उनी मैदानमा फर्किने चर्चा गर्माएको हो।

यहीबीच दिल्ली क्यापिटल्सका निर्देशक सौरभ गांगुलीले उनले कप्तानी सम्हाल्ने बताएका छन्। उनले भनेका छन्, ‘उनी अहिले फिट भइरहेका छन्। उनले अर्को सिजनको आईपीएल खेल्न सक्छन्।’

पन्त दिल्लीका खेलाडीको अभ्यासस्थलमा ३ दिनका लागि उपलब्ध भएको उनको नभाइ छ। टिम बनाउने रणनीतिमा उनी सहभागी हुनका साथै डिसेम्बर १० मा हुने आईपीएल अक्सनमा उनी कप्तानका रुपमा उपलब्ध हुने बताएका छन्।

‘हामीले टिमका विषयमा कुरा गरिरहेका छौं। उनी कप्तान हुन्, त्यसैले उनी आगामी अक्सनका लागि आफ्नो दृष्टिकोण राख्नेछन्। त्यसैले उनी यहाँ छन्,’ गांगुलीले भनेका छन्।

गत डिसेम्बरमा पन्त एउटा भयानक सडक दुर्घटनामा परेका थिए। उनी आफैंले चलाएको कार सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनाबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो। विशेषगरी खुट्टामा चोट लागेको थियो। उनी क्रिकेटमा यति चाँडै फर्किनेमा आशंका उत्पन्न भएको थियो। तर, उनको आफ्नै आत्मबल र चिकित्सकको निगरानीका कारण आगामी आईपीएलमा ब्याटिङ गरिरहेको देख्न सकिने बताइएको छ। तर, विकेटकिपरको भूमिकामा देख्न भने थप केही समय लाग्न सक्ने बताइएको छ।

उनले टिमसँग अभ्यास भनेका थालेका छैनन्। जसका विषयमा गांगुलीको भनाइ छ, ‘उनी अहिले अभ्यासमा छैनन्। उनीसँग अझै त्यसका लागि समय छ। उनी राम्रो गर्न सक्छन्।’

पन्तको अनुपस्थितिमा गत सिजनमा दिल्लीको कप्तानी डेभिड वार्नरले गरेका थिए। १४ खेलमा जम्मा ५ खेल जितेर दिल्ली अन्तिमबाट दोस्रो भएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.