Advertisement

न्युक्यास्टलसँग म्यानचेस्टर युनाइटेड पराजित

0 21

Advertisement

१७ मंसिर, काठमाडौं । शनिबार राति भएको युनाइटेड डर्बीमा न्युक्यास्टल युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ। नेपाली समयानुसार शनिबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा म्यानचेस्टर युनाइटेड १–० गोल अन्तरले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५५ औं मिनेटमा भएको १ मात्र गोलले न्युक्यास्टल विजयी भयो। ५५ औं मिनेटमा ट्रिपरको पासमा गोर्डानले गोल गर्दै न्युक्यास्टललाई जिताए।

हारसँगै म्यानचेस्टर युनाइटेड १४ खेलबाट २४ अंकका साथ सातौं स्थानमा छ। न्युक्यास्टल भने १४ खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ।

प्रिमियर लिगका अन्य खेलहरुमा ब्रेनफोर्डले लुटन टाउनलाई ३–१ गोल अन्तरले हरायो। बर्नलीले शेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले हरायो। नटिङ्हम फरेस्ट इभर्टनसँग १–० गोल अन्तरले पराजित भयो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.