Advertisement

टोरन्टोमा युवराज भण्डारीका दुई कृति विमोचन

0 27

Advertisement

१७ मंसिर, काठमाडौं । साहित्यकार युवराज भण्डारीका दुई कृति क्यानडामा विमोचन गरिएको छ । नेपाली साहित्य समाज क्यानडाले टोरन्टोमा आयोजना गरेको समारोहमा कविता संग्रह ‘अर्को कर्नाली’ र गजल संग्रह ‘भावनाको तस्वीर’को साहित्यकार हेम अधिकारी, नेपाली साहित्य सामाज अध्यक्ष खेम गुरागाईं र कोषाध्यक्ष पारू पाण्डेले संयुक्त रूपमा लोकार्पण गरे ।

कार्यक्रममा कविता संग्रह ‘अर्को कर्नाली’माथि समीक्षा गर्दै कवि रविन थपलियाले भने, ‘यो संग्रहमा जीवनको विविध पाटा अनि सामाजिक विषयवस्तु सारगर्भित र चित्ताकर्षक तवरले प्रस्तुत भएका छन् ।’

त्यसैगरी गजल संग्रह ‘भावनाको तस्वीर’माथि समालोचना गर्दै गजलकार रवीन्द्र लम्सालले भने, ‘भावनाको तस्वीर खिच्नु जटिल कार्य हो । तर गजलकार भण्डारी कलात्मक रूपले यो काममा सफल भएका छन् ।’

क्यानडामै बसोबास गर्दै आएका भण्डारी पेशाले इन्जिनियर हुन् । उनको पहिलो साहित्यिक कृति ‘नारीको आवाज’ (तीजगीत संग्रह २०४७) प्रकाशित भएको थियो । ‘अर्को कर्नाली’ र ‘भावनाको तस्वीर’ भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.