सुनको मूल्यले फेरी तोड्यो रेकर्ड, आइतबार सुन किन्नेले १ लाख २० हजार ८०० खर्चिनुपर्ने

0 17

१७ मंसिर, काठमाडाैं । आइतबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । मंसिर १३ गते १ लाख १९ हजार ३०० पुगेर रेकर्ड बनाएको सुनको भाउले आइतबार पुनः नयाँ रेकर्ड बनाएको हो ।

आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ८०० रुपैयाँमा कायम गरिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १९ हजार रुपैयाँ तोकिएको थियो । आइतबार सुनको भाउ १८०० रुपैयाँले बढेको हो ।

रुस–युक्रेन तथा इजरायल हमासवीचको द्धन्दको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुले बताउँछन् । सुनको मूल्य १ लाख २५ हजारसम्म पुग्ने उनीहरुको अनुमान छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुनको भाउ १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार आइतबार प्रतितोला चाँदी १ हजार ५४५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ हजार ५४० रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ७२ दशमलव १३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.