खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा शव फेला

0 15

१७ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा १ जना पुरुषको शव फेला परेको छ। हेटौँडा–२, चौकीटोलस्थित खाद्य व्यवस्था कम्पनीको खुला कोठाभित्र शनिबार १ जना पुरुषको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५४ वर्षीय पुरुषको शव फेला परेको जनाएको छ। सुतिरहेको स्थानमा उनी मृत फेला परेका हुन्।

प्रहरीका अनुसार मृत फेला पर्ने पुरुषको पहिचान खुलेको छैन। प्रहरीका अनुसार उनी हेटौँडा बजारमा प्लास्टिक बटुल्दै हिँड्ने गरेका थिए।

घटनास्थलबाट मुचुल्कापछि शव हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.