स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

0 15

१६ मंसिर, काठमाडौं । स्कुल बसले ठक्कर दिँदा रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु३७प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ४ महुबारीमा बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाइकलमा सवार सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन्। उनको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.