तार्केश्वर मेयर रनिङ शिल्डमा ९ खेल

0 32

१६ मंसिर, काठमाडौं । तार्केश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि सुरु हुने दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी गराए । दोश्रो संस्करणमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन थप गरिएको हो ।

प्रतियोगितामा विभिन्न ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा, तार्केश्वर नगरपालिका प्रमुख पदमबहादुर खत्रीले बताए ।

जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टनमा ३, भलिबल र कबड्डीमा समान २–२, एथलेटिक्समा २६, कराते, उसु र तेक्वान्दोमा समान १२–१२, टेबलटेनिसमा ३ तथा बास्केटबलमा २ स्वर्णका लागि खेल हुनेछ ।

टिम च्याम्पियनले १ लाख, दोश्रोले ६० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गत संस्करणको उपाधि हिमरश्मीले जितेको थियो ।

मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । खेल तार्केश्वर नगरपालिकाका विभिन्न स्थानका साथै एथलेटिक्सको ट्रयाक इभेन्ट भने हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.