डिसहोममा नयाँ २१ वटा फिल्मको मेला

0 22

१५ मंसिर, काठमाडौं । वर्षभरि रिलिज भएका सुपरहिट नेपाली चलचित्र अब डिसहोमका च्यानलमै हेर्न पाइने भएको छ । डिसहोमका अनुसार हलमै गएर मन परेको नयाँ चलचित्र हेर्न नभ्याएका दर्शकहरुले अब डिसहोम मार्फत सपरिवार एकै साथ बसेर ती चलचित्रहरु हेर्न पाउने भएका छन् ।

प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लिला, माइकल अधिकारी, नाइ नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिसहोम सिनेमाघरका साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन भइरहको डिसहोमले जनाएको छ । साथै डिसहोम गो एपमा पनि आफूले चाहेको समयमा यो चलचित्रहरु हेर्न सकिने छ ।

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिसहोमको ग्राहक सेवा केन्द्रको १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।

यस्तै डिसहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ ।

३ महिना अथवा एक हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैइाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १ हजार ३ सय रुपैयाँ वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् ।

डिसहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.