होटल, उत्पादन र माइक्रोफाइनान्स कम्पनीहरुको सेयरमा उच्च गिरावट

0 8

०४ मंसिर, काठमाडौं । तिहार र छठ पर्वपछि खुलेको सेयर बजार अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको हो ।

कारोबार रकम भने १ अर्ब ९ करोड नाघेको छ । ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर रह्यो ।

खासगरी सोमबार होटल, उत्पादन र माइक्रोफाइनान्स उपसमूहमा भारी गिरावट आएको छ । होटल तथा पर्यटन १.८३, उत्पादन १.९१ र माइक्रोफाइनान्स उपसमूह १.४२ प्रतिशतले घटे ।

होटल तथा पर्यटन उपसमूह तिहारअघि केही बढेकाले यो क्षेत्रमा नाफा बुक गर्नेहरु बढेको देखिन्छ । त्यस्तै अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको पहिलो त्रैमासिक वित्तीय विवरण खराब आउँदा बजारमा असर परेको छ ।

ब्यापार उपसमूह सबैभन्दा धेरै १.४२ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ २, विकास बैंक ४४, फाइनान्स ५, हाइड्रोपावर ६, जीवन बीमा ९४, निर्जीवन बीमा ७१ र व्यापार उपसमूह ३७ अंक बढे । अन्य १, माइक्रोफाइनान्स ४८, उत्पादन ९५ र होटल तथा पर्यटन उपसमूह ९१ अंक घटे ।

ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्तको ८, साहस ऊर्जाको ७.७ प्रतिशत मूल्य बढ्यो ।हाथवे इन्भेस्टमेन्ट कम्पनीको ७.२, खानीखोला हाइड्रोपावरको ६.३ प्रतिशत मूल्य बढ्यो ।

फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशत घट्यो ।

हिमालयन डिस्टिलरीको ७ र पिपुल्स हाइड्रोपावरको ५.३ प्रतिशत मूल्य घटेको छ । विशेषतः पहिलो त्रैमासिक वित्तीय विवरण खराव आउँदा यी कम्पनीको मूल्यमा भारी गिरावट आएको हो । माथिल्लो मैलुङखोलाको भने आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.