इजरायलद्वारा नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण

0 7

०४मंसिर, काठमाडौं । इजरायलले लेबनानको दक्षिणी सहर नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण गरेको छ।

लेबनानमा जुलाई २००६ को इजरायली युद्धपछि पहिलो पटक इजरायली ड्रोनले लेबनानको दक्षिणी सहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको हो।

ड्रोनले टुल र कफोरबीचको सडकमा रहेको स्थानीय एल्युमिनियम कारखानामा दुईवटा मिसाइल प्रहार गरेको थियो। कारखानाको केही भाग ध्वस्त भए पनि कुनै चोटपटक र मानवीय क्षति नभएको बताइएको छ।

नाम नखुलाउने शर्तमा स्रोतले इजरायली युद्धक विमान, हेलिकप्टर र ड्रोनले दक्षिणी गाउँ ब्लिडा, ऐतारोन, ऐता अल–शाब, माजदेल जुन र नाकुरामा १० वटा हवाई आक्रमण गरेको र भौतिक क्षति भएको पनि संकेत गरेका छन्।

हिजबुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको आक्रमणको समर्थनमा शेबा फार्ममा दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा ६ हप्तादेखि तनाव बढेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.