अर्थमन्त्री महतको दाबी– अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ

0 5

०४ मंसिर, काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक बनेको बताएका छन्। मन्त्री महतले विदेशी पर्यटकहरु बढ्दै गएको र त्यसको सकारात्मक असरस्वरुप अर्थतन्त्र चलायमान बन्दै गएको पनि दाबी गरेका छन्।

नेपाली कांग्रेसका नेता समेत रहेका महतले सोमबार पार्टी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताए। मन्त्री महतले नेपालमा लगानी बिस्तारै बढ्दै गइरहेको पनि बताए।

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी मन्त्री महतले गरे। विदेशी पर्यटकहरुको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरु बिस्तारै बढ्दै जाने उनको भनाइ छ। अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने पनि उनले उल्लेख गरे।

मन्त्री महतले भने, ‘लगानी बिस्तारै बढ्दैछ। जग्गा कारोबार बिस्तरै बढ्दैछ। आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन् यो जनवरीसम्मको कुरा गर्ने हो भने। मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ। आर्थिक गतिविधिहरु बिस्तारै बढ्दैछन्। जहाँ निश्चित ठाउँ भन्दा बाहिर लगानी भए, त्यसले गर्दा उनीहरुलाई ऋण तिर्न गाह्रो भएको छ। नत्र भने सबै सकारात्मकतातिर अर्थतन्त्रका इण्डिकेटर गएका छन्।’

मन्त्री महतले ऋण प्रवाह गर्दा जिम्मेवारीपूर्वक नगरिएकाले अहिले साँवा–ब्याज तिर्न समस्या भइरहेको बताए। ऋण लिने र दिनेले जिम्मेवारी नलिँदा समस्या देखिएको उनको भनाइ छ। ‘त्यसलाई सहज गर्न लागिरहेका छौँ,’ मन्त्री महतले भने।

अर्थमन्त्री महतले सरकारी खर्च व्यवस्थित गरिरहेको पनि बताए। अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरुसँग थप सुझाव सल्लाह लिने उनले उल्लेख गरे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.