सुनको भाउमा सामान्य वृद्धि

0 8

०४मंसिर, काठमाडाैं । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार सामान्य वृद्धि भएको छ । आइतबार १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज सोमबार १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको भाउ १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ आइतबार १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८२ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.