अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो

0 6

०४ कार्तिक, तौलिहवा । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिई भव्यसाथ मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगरलगायतका स्थानमा मैथली, अवधि र पहाडी समुदायका महिलाले आज साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएर पर्व मनाइएको हो ।

सदरमुकाम तौलिहवास्थित रामघाट नदी, जमुवार नदी र जिल्लाका अन्य नदी तथा तलाउमा महिलाले सूर्य देवताको पूजा गरेका हुन् । यहाँको नदी किनारालाई छठ पर्व मनाउन झकिझकाउ गरिएको छ । जमुवार नदी, रामघाट नदी र कृष्णनगर, बहादुरगंजलगायतका नदी तटीय क्षेत्रमा जम्मा भएर व्रतालेले सूर्यको उपासना गरेका छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

गतवर्षहरुको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायत जिल्लाको विभिन्न ठाउँमा छठ पर्व मनाउने महिलाको सङ्ख्या बढ्दैगएको छ । विशेषगरी नेपालका पूर्वी तराई जिल्लाबाट आएका तथा जागिरका क्रममा कपिलवस्तुमा रहेका महिलाबाट सुरु भएको यो पर्व बिस्तारै यस क्षेत्रका मैथली, अवधि तथा पहाडी महिलाले पनि धूमधामका साथ मनाउन थालेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.