सशस्त्र प्रहरी बलद्वारा रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद

0 6

०३ मंसिर, काठमााडौं । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ।

इन्टेलिजेन्स ब्यूरोले रौतहटस्थित यमुनामाइ नगरपालिका -३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोलि १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो।

बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यु एस ए र एक नाल मेड इन इन्डिया लेखिएको छ। हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको डीएसपी थापाले बताए।

क्षेत्रमा थप अप्रेशन जारी छ भने केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको अवस्थामा रहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.