‘यो नेपाली शीर उचाली…’मा विक्की कोशलको ‘खुकुरी नाच’

0 14

०३मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्।

विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाच गरेका हुन्।

भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ। फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ।

लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका हुन्। जसमा विक्कीसँगै गोर्खा रेजिमेन्टका जवानहरु पनि नाचिरहेका देखिन्छ।

विक्कीले सामाजिक सञ्जालमा ‘जय मा काली, आयो गोर्खाली’ भन्दै गीतको अंश साझा गरेका छन्। फेसबूक तथा इन्स्टाको रिलमा पनि गीतको भिडियो सेयर गर्दै विक्कीले खुकुरी समात्दा आफूलाई गौरव महसुस भएको बताएका छन्।

फिल्ममा विक्कीले मनेकसवाकै भूमिका निर्वाह गरेका छन् । मेगना गुल्जार निर्देशक रहेको यो फिल्म डिसेम्बर १ मा प्रदर्शन हुने बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.