आइतबार सुन-चाँदीको भाउ कति छ ?
०३ मंसिर, काठमाडाैं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउ स्थिर बनेको छ । शुक्रबार १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कायम रहेको छ ।
यस्तै, आज तेजावी सुनको भाउ एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८० दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।