टिकटक बन्द गर्ने निर्णयको स्वागतमा युवाहरूले गरे मैनबत्ती प्रज्वलन

0 5

२७ कार्तिक , जनकपुरधाम । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरामा युवाहरूले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।

सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पङ्कज शर्माको नेतृत्वमा युवाहरूले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरूले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह गरेका छन् ।

शर्माले विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अश्लीलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.