सरकारले भूकम्प पीडितलाई युद्धस्तरमा सेवा दिन सक्नुपर्छ : झलनाथ खनाल

0 14

२७ कात्तिक, काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।

जाडोले कठ्यांग्रिएर भूकम्प पीडितहरु मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्माननित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी उनीहरुको सेवामा सरकार युद्धस्तरमा लाग्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसीभैलो कार्यक्रममा बोल्दै उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘अहिलेसम्म पनि, यत्रो दिन पार हुँदा पनि सरकारले त्यहाँका पीडितहरुलाई आवश्यक सुविधाहरु दिन सक्दैन । र, कम्मल मात्र पनि दिन सक्दैन मान्छे जाडोले कठयांग्रिएर मर्नुपर्ने स्थिति बन्यो भने यहाँ भन्दा ठूलो दुर्भाग्य अरु के हुनसक्छ ? त्यसो हुनाले सरकारलाई अविलम्व यस्ता कुराहरुमा युद्धस्तरमा हामीले भन्दै आएका छौं । त्यो भन्दा पनि उन्नतस्तरबाट जनताको सेवा गर्ने काममा सरकार लाग्न सक्नुपर्‍यो । हामी यो कुरा माग गर्न चाहन्छौं ।’

यद्यपि देशका विभिन्न संघ, संस्थाहरुले, पार्टीहरुले त्यो ठाउँमा सहयोग पुर्‍याउनका लागि उद्धारका कार्यहरु गरेका छन् । सहयोग उपलब्ध गराउनु भएको छ । तर ती सबै कुराहरुलाई सरकारले एकद्वार नीति अन्तर्गत सेवा पुर्‍याउने भनेर सरकारले एक ढंगले गरिरहेको छ । तर, सेवा पुगिरहेको छ कि छैन त ? अहिले पनि ।

र, म आजै मात्र पनि सञ्चार माध्यमहरुबाट सुनिरहेको छु–त्यहाँका कतिपय जनताले अहिले पनि आवश्यक राहत, उद्धार पाउन सकिरहेका छैनन् । र, जाडोले कतिपय मानिसहरुको मृत्यु भएको कुरा पनि आएको छ । के यो साँचो हो ? यदि साँचो हो भने यो बडो दुर्भाग्यपूर्ण समाचार हो । र, अत्यन्तै गम्भिर समाचार पनि हो । यो कुरालाई सरकारले अत्यन्त गम्भिरतापूर्वक लिन जरुरी छ ।

सम्मानित नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाईबीचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रुपमा पनि चित्रण गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.