राष्ट्रिय खुल्ला रापिड बुद्धिचालको उपाधि फूयललाई

0 26

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय खुुुुल्ला रापिड बुुुुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आषिश फुयालले हात पारेका छन्। उनले पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसंग नवौं चरणको खेलमा बराबरी खेलि साढे ७ अंक सहित उपाधि जितेका थिए। साथै उनले नगद २५ हजार पाउन सफल भए।

७ अंक जोडेका बद्री दोस्रो स्थानमा रहे । बद्रीले १५ हजार नगद पुरस्कार हात पारे भने १० हजार नगद पुरस्कार पाएका ललितपुरका सरोज महर्जनको पनि ७ अंक नै भए पनि बद्रीसंग ट्राइ बेकरमा पछि रहेर तेस्रो स्थानमा रहन सफल भए। उनले नवौचरणको खेलमा श्री कृष्ण श्रेष्ठलाई पराजित गरेका थिए।

फिडे मास्टर क्षितिज भण्डारी चौथौं स्थानमा र वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल पाँचौ स्थानमा रहे । केशवले ८ हजार र रुपेशले ७ हजार पुरस्कार पाए।

काठमाडौका सुदिप तामाङ, केशव श्रेष्ठ, ललितपुर स्पोर्ट्स क्लबका कुसल बेलबासे, ललितपुरका सानुराज बज्राचार्य, र काठमाडौका हेमराज भण्डारी क्रमशः दशौ स्थानमा रहे।

शंकरापुर युथ क्लबको आयोजनामा संचालन भएको प्रतियोगितामा काठमाडौका नवीन तण्डुकार भेट्रानतर्फ उत्कृष्ट ठहरिए भने अनरेटेडमा विजेश राजकर्णिकार पहिलो स्थानमा रहे।

त्यसैगरी महिलातर्फ पुर्णिामा गुरुङ प्रथम र सिन्दिरा जोशी दोस्रो भइन् ।

यु १२ मुनि काठमाडौका एन्जेल महर्जन , यु१४ बर्ष मुनि अध्यन्त काफ्ले र यु १६ तर्फ प्रज्वल चौलागाईं उत्कृष्ट भएका छन्।

शंकरापुर युथ क्लबका कृष्णभक्त श्रेष्ठका सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन समारोहमा विजेता खेलाडीहरुलाइ शंकरापुर नगरपालिका प्रमुख, रमेश नापित, उप प्रमुख संमिता श्रेष्ठ , बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कृत गरेका थिए।

३५ जिल्लाका ८८ जना खेलाडीहरुको सहभागीता प्रतियोगितामा रहेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.