सार्वजनिक संस्थानमा सरकारको पौने ८ खर्ब लगानी, सबैभन्दा बढी विद्युत प्राधिकरणमा

0 5

२२ कार्तिक, काठमाडौँ । सरकारले हालसम्ममा सार्वजनिक संस्थानमा पौने ८ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । सार्वजनिक ऋण व्यवथास्थापन कार्यालयले मंगलबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको लगानी तथा ऋण प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्म नेपालका सार्वजनिक संस्थानमा सरकारकाे ७ खर्ब ८३ अर्ब ८७ करोड ७५ लाख ५६ हजार रुपैयाँ लगानी भएकाे छ ।

सरकारले हालसम्म सञ्चालन गरेका १४८ सार्वजनिक संस्थानमा ऋण र सेयरसमेत गरी उक्त रकम लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो रकममध्ये सेयर लगानी ३ खर्ब ८६ अर्ब ७ करोड २७ लाख ८६ हजार रुपैयाँ रहेको छ भने ऋण लगानी भने ३ खर्ब ९७ अर्ब ८० करोड ४७ लाख ७० हजार रुपैयाँ रहेको छ । सरकारले गरेको यस्तो लगानीमध्ये ५१ प्रतिशत ऋण र ४९ प्रतिशत सेयर लगानी रहेको छ ।

हालसम्म भएकाे यस्ताे लगानीमा नेपाल सरकारको आन्तरिक स्रोतबाट १ खर्ब ५२ अर्ब १५ करोड र वैदेशिक लगानीबाट २ खर्ब ४५ अर्ब ६४ करोड रुपैयाँ लगानी भएको छ ।

यस्तो लगानी हालसम्म सञ्चालनमा आएका र बन्द भएकामा समेत गरी १४८ सार्वजनिक संस्थान तथा निकायमा गरेको लगानी हो ।

नेपाल सरकारले लगानी गरेकामध्ये सबैभन्दा बढी सेयर लगानी नेपाल विद्युत प्राधिरकणमा छ । यो संस्थामा सरकारको १ खर्ब ७४ अर्ब रुपैयाँ सेयर लगानी पुगेको छ ।

त्यसपछि दोस्रो धेरै सेयर लगानी नेपाल नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब रुपैयाँ छ । सरकारले गरेको सेयर लगानीमध्ये १० औ नम्बरमा नलगाड हाइड्रोपावर छ । यसमा सरकारले ४ अर्ब ९४ करोड रुपैयाँ गत आर्थिक वर्षससम्ममा सेयर लगानी गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.