राष्ट्रपति पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

0 8

०७ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु हुने भएको छ ।

आज कात्तिक ७ गते मंगलवार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति,प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई राष्ट्रपति पौडेलले टीका लगाइदिनुहुने भएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.