युनाइटेडका लिजेण्ड सर बबी चार्लटनको निधन
०५ कार्तिक, लण्डन । इंग्ल्यान्डलाई सन् १९६६ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने म्यानचेस्टर युनाइटेडका लिजेण्ड सर बबी चार्लटनको ८६ वर्षको उमेरमा निधन भएको छ ।
चार्लटनले इङ्ल्यान्डका लागि १०६ खेल खेलेका थिए भने ४९ अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यो समय आफ्नो देशको लागि यो कीर्तिमान थियो । युनाइटेडसँगको १७ वर्षको करियरमा उनले तीनवटा लिग उपाधि, एउटा युरोपियन कप र एउटा एफए कप जितेका थिए।
चार्लटनको परिवारले शनिबार बिहान उनको निधन भएको जनाएको छ । यसअघि नोभेम्बर २०२० मा चार्लटनलाई डिमेन्सिया भएको पत्ता लागेको थियो।