कस्तो छ विद्युतीय गाडी हुन्डाई कोना ?

0 16

०३ कार्तिक, काठमाडौँ । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले दरिलो उपस्थिति जनाउँदै आइरहेको छ। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएको कम्पनीको भनाइ छ ।

२०१९ मा भारतबाट सुरु गरिएको “इमिशन इम्पोसिबल” नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो।

यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो।नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको कम्पनीको भनाइ छ। ५ वर्ष सम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको बताइएको छ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। कम्पनीले विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। डिसेम्बर १२ देखि १६, २०२२ मा “Be(v) the change” अभियान अन्तर्गत र अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको “हुन्डाई फेस्टिभ कार्निवल”मा हुन्डाईले High Voltage Battery Check-up camp आयोजना गरेको थियो । जसमा २०० भन्दा बढी सवारीधनी को EV ma परीक्षण गरिएको नतिजा अनुसार ४ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९५ प्रतिशत भन्दा बढी पाइएको थियो।

सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताए। आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै उनले आफू कोनासँग सन्तुष्ट रहेको बताए।आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.