घोराहीको गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक, खुद नाफा घट्यो

0 10

०३ कार्तिक, काठमाडाैं । घोराही सिमेन्ट्स इन्डिष्ट्री लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुबै घटेको छ ।

जसमा कम्पनीको नाफा ५ करोड ३४ लाख रुपैयाँ मात्रै छ । जबकी कम्पनीले ४६ करोड ३८ लाख रुपैयाँ खुद नाफाको प्रक्षेपण गरेको थियो । विवरण अनुसार अघिल्लो वर्षभन्दा नाफा ७५ प्रतिशत घटेको हो । पोहोर असारसम्म २१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो ।

Laxmi Sunrise Bank
कम्पनीको कारोबारमा भने भारी गिरावट देखिँदैन । ४ अर्ब ६२ करोडको सिमेन्ट बिक्री भएको कम्पनीले जनाएको छ। पोहोर ४ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको थियो । ब्याज खर्च ह्वात्तै बढेकाले नाफा केही प्रभावित भएको देखिन्छ। १४ प्रतिशतले कम्पनीको ब्याज भुक्तानी बापतको रकम बढेको छ ।

गत आर्थिक वर्ष घोराहीले ४४ करोड ५४ लाख रुपैयाँ ब्याज तिरेको थियो। अघिल्लो वर्ष ३९ करोड तिरेको थियो । यसबीच कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अवितरित नाफा ३ अर्ब ९९ करोड र जगेडामा ७ करोड ९० लाख रुपैयाँ छ । प्रिमियम बापत उठाएको २ अर्ब ६५ करोड रकम भने सेयर प्रिमियममा राखिएको छ।

गत आर्थिक वर्षसम्म कम्पनीको प्रति सेयर आम्दानी १.३४ रुपैयाँ र प्रति सेयर नेटवर्थ २६९.५३ रुपैयाँ कायम छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.