यसपटकको दशैंमा मौसम सफा

0 17

०३ कार्तिक, काठमाडौं । यसपटकको दशैंमा मौसममा सुधार भई सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यसपालिको दशैंमा मौसम सामान्यतया सफा रहने स्पष्ट पारेको हो ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने जानकारी दिँदै भन्नुभयो– ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया दशैं अवधिमा मौसम राम्रो रहने देखिन्छ ।’

महाशाखाले शुक्रबारदेखि मौसमका बारेमा दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताउनुभयो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना रहे पनि देशभरको मौसमयमा सुधार भएर जाने र दशैंमा कुनै प्रकारको वर्षा नहुने विभागले स्पष्ट पारेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.