१६ कात्तिकदेखि आईपीओ निष्कासन गर्दै भिजन लुम्बिनी ऊर्जा कम्पनी

0 6

०२ कात्तिक, काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले नकिनेको सेयर समेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता साधराण सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई जारी पूँजीको १० प्रतिशतले हुने १९ लाख १२ हजार ५०० कित्ता साधारण सेयर निष्कासनमा लयाएको थियो । जसमध्ये १४ लाख २४ हजार ५९० कित्ता सेयर मात्तै बिक्री भयो भने ४ लाख ८७ हजार ९१० कित्ता सेयर बिक्री भएन ।

यस्तै कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १० प्रतिशतले हुने १९ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अुनसार १० प्रतिशतले हुने १ लाख ९१ हजार २५० कित्ता सेयर निष्कासन गरी बाडफाँट गरिरहेको छ । यस्तै सामूहिक लगानी कोषलाई ९५ हजार ६२५ कित्ता र ३८ हजार २५० कित्ता सेयर बाँडफाँट गरिरहेको छ ।

यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयरमा आयोजना प्रभावित स्थानियले नकिनेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थप गरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। उक्र आईपीओमा छिटोमा २० कात्तिक र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि १ मंसिरसम्म थप हुनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपलिकामा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको र प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.४६ वर्ष रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.