Advertisement

एनसेलले ल्यायो दसैं लक्षित अफर, २०० देखि माथिको हरेक रिचार्जमा डेटा बोनस

0 13

Advertisement

०२ कार्तिक, काठमाडौं । एनसेलले चाडपर्वको अवसरमा प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि रिचार्जमा बोनस अफर ल्याएको छ। उक्त अफरअन्तर्गत ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएको हो।


बडा दसैं २०८० को उपलक्ष्यमा ल्याइएको यो अफरअन्तर्गत प्रिपेड तथा पोस्टपेड ग्राहकले २०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो योजना कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म लागू रहनेछ।

कम्पनीका अनुसार यसमा ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २ हजार एमबीदेखि ८ हजार एमबी बोनस डेटा प्राप्त गर्नेछन्। जसमा २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बिहान ६ बजेसम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन्।

त्यस्तै, ५०० रुपैयाँभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २ हजार ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बिहान ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५ हजार ६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन्। बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको लागि मान्य रहने छ।

यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य नहुने कम्पनीले स्पष्ट पारेको छ। अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्दा भने बोनस डेटा प्राप्त हुनेछ।

बडा दसैंको अवसरमा ल्याइएको यो विषेश अफरसँगै आफ्नो उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहकहरु र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। यो चाडपर्वको अवसरमा ल्याइएको यो योजनाले हाम्रा ग्राहकको सञ्‍चारको आवश्यकतालाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्‍वास लिएका छौँ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.