साहित्यकार चित्तरञ्जन नेपालीको निधन

0 18

३० असाेज,काठमाडाैं । साहित्यकार चित्तरञ्जन नेपालीको निधन भएको छ । नेपालीको आइतबार ९३ वर्षको उमेर हृदयाघातको कारण निधन भएको उनका भतिज मञ्जुल प्रसाद राजभण्डारीले जानकारी दिए ।

राजभण्डारीका अनुसार उनको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । चित्तरञ्जन नेपालीले सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि सं २०१३ सालमा मदन पुरस्कार समेत प्राप्त गरेका थिए ।

चित्तरञ्जन नेपाली उनको साहित्यिक नाम हो । उनको वास्तविक नाम भने नारायण प्रसाद राजभण्डारी हो । उनी नेपाली इतिहासकार, निबन्धकार र रङ्गकर्मी पनि हुन् । उनले लामो समय सरकारी सेवामा समेत बिताएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.