Advertisement

क्यानाडामा सगरमाथा पार्कको अनावरण

0 23

Advertisement

३० असाेज, टोरन्टो । ब्राम्टन, अन्टारियोमा सगरमाथा पार्कको औपचारिक अनावरण भएको छ। नेपालीको पहिचान झल्किने गरी कुनै पार्कको नामकरण गरिएको क्यानाडामा यो पहिलो घटना हो।

शनिबार पार्कमा एक संक्षिप्त कार्यक्रम आयोजना गरेर पार्कको अनावरण गरिएको छ।

ब्राम्टन र क्यानाडामा बसोबास गर्ने नेपालीहरूको सम्मानमा यो पार्कको नामकरण गरिएको हो। ब्राम्टन नेपालीहरूको धेरै बसोबास भएको नगर हो।

क्यानाडाको ब्राम्पटनका पार्कको नाम नेपाली पहिचानयुक्त राख्न माग

पार्कको अनावरण कार्यक्रममा ब्राम्टनका मेयर प्याट्रिक ब्राउन, एनसिएनसीका अध्यक्ष नरबहादुर क्षेत्री लगायतका नगरका पदाधिकारी र धेरै नेपालीको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै मेयर ब्राउनले नेपालीपन झल्किने गरी पार्कको नामकरण गर्न पाएकोमा खुसी लागेको बताए।

“यो पार्क ब्राम्टन नगर र नेपाली समुदायको मित्रताको प्रतीकका रूपमा रहने छ”, उनले भने।

कार्यक्रममा बोल्दै यस पार्कका सुत्रधार व्यवसायी बिजय पौडेलले पार्कको नाम सगरमाथा राखेर नगरले ब्राम्टन र क्यानाडाका नेपालीको सम्मान गरेको बताए।

उनले भने, “आज हामीले सम्मानित महसुस गरेका छौं। ब्राम्टन र नेपालका नगरबीच भगिनी सम्बन्ध विस्तार गरेर दुई देशकाबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै जानु पर्छ।”

क्यानाडामा पार्कको नेपाली नाम कुन उपयुक्त? यस्ता छन् सुझाव

पार्कको नेपाली नामकरणको पहल र स्वामित्व लिएको ब्राम्टनको संस्था एनसिएनसीका अध्यक्ष नरबहादुर क्षेत्रीले आजको दिन क्यानाडाका नेपालीका लागि महर्वपूर्ण दिन भएको उल्लेख गर्दै यस कार्यमा साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

क्यानाडाको ब्राम्पटनमा पार्कको नाम ‘सगरमाथा’ राख्न सिफारिस

नेपालीको बाक्लो बसोबास रहेको ब्राम्टनको दक्षिणी क्षेत्रमा रहेको सगरमाथा पार्कमा निकट भविष्यमा नै सगरमाथाको परिचय झल्काउने र क्लाइम्बिङसम्बन्धी उपकरण पनि थपिने छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.