इजरायलले नेपाली दूतावासलाई बुझायो ५ जनाको शव, छिट्टै नेपाल पठाइने

0 39

२८ असोज, काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ ।

आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ ।

अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको तेल अबिबस्थित नेपाली दूतापवासले जनाएको छ । इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ ।

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.