भूकम्पः सुदूरपश्चिममा यस्तो क्षति (फोटो फिचर)
१६ असोज,बझाङ।भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमा समेत क्षति पुगेको जनाएको छ।
बझाङ केन्द्र बिन्दु बनाएर आएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा भौतिक क्षति भएको छ।
भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमासमेत क्षति पुगेको जनाएको छ।
त्यसैगरी बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको महेन्द्र आधारभूत विद्यालयको स्टोर कक्ष भत्किएको छ। भूकम्पका कारण थुप्रै घरहरुमा क्षति पुगेको र त्यसको आधिकारीक विवरण भने आउन बाँकी रहेको छ।
यस्तै बझाङको वाल विकास मावि जयपृथ्वी नगरपालिका ४ गोलाईको भवन पनि क्षतिग्रस्त छ ।
फोटो फिचर:



