प्रर्याप्त ज्ञान र ययार्थ सूचनाको आधारमा धितापत्रको दोस्रो बजारमा लगानी गर्न बोर्डको आग्रह

0 12

१६ असाेज, काठमाडाैं । नेपाल धितोपत्र धितापत्रको दोस्रो बजारमा लगानी गर्दा प्रर्याप्त ज्ञान र ययार्थ सूचनालाई आधार मानी जोखिम बहन गर्ने क्षमता अनुसार लगानी सम्बन्धी निर्णय लिन आग्रह गरेको छ । बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा ३१ बुँद्धामा सन्देश जारी गर्दै लगानीकर्तालाई सु-सुचित गरेको हो ।

यस्तै बोर्डले लगानीबारे निर्णय लिँदा आर्थिक, सामाजिक तथा राजनीतिक पक्षलाई ध्यानमा राख्न आग्रह गरेको छ । देशको अर्थतन्त्र तथा राजनीतिक अवस्था, तरलताको स्थिति, व्याजदरलगायतको प्रभाव धितोपत्र बजारमा पर्ने हुँदा यस्तो कुरामा ध्यान दिन आग्रह गरेको हो ।

लगानी क्षमता र प्रतिफलमा मुद्रास्फीतिको समेत प्रभाव पर्ने भएकोले मुद्रास्फीतिको असरलाई ध्यान दिदै लगानीको प्रतिफल मूल्यांकनका लागि लगानीको वास्तविक प्रतिफल दरलाई आधार बनाउनु पर्ने बताउँदै बोर्डले लगानी विविधिकरणमा जोड दिन आग्रह गरेको छ । यस्तै बोर्डले लगानीकर्तालाई सामाजिक संजालबाट लगानी सम्बन्धी प्राप्त सूचनालाई सम्बन्धित आधिकारिक पक्षबाट प्रमाणित गरी लगानी गर्न पनि सुझाएको छ ।

साथै, बोर्डले धितोपत्र कारोवारमा हुने जोखिमलाई व्यवस्थापन गर्न लगानी सम्बन्धी रणनीतिक योजना तयार गर्नुको साथै आपतकालीन कोषको व्यवस्था गर्न भनेको छ । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुले धैर्यता, लगनशीलता, तथा दुरदृष्टि कायम राख्न आग्रह गर्दै बोर्डले धितोपत्र कारोवारमा धोका, जालसाजी तथा छलकपटबाट बच्न स्वयं सचेत रही स्वतन्त्र रुपमा आफ्नो स्व–विवेकी निर्णय लिन भनेको छ ।

यस्तै बोर्डले आफुले लगानी गर्न लागेको धितोपत्र कुन प्रकारको हो (जस्तैः संस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर, ऋणपत्र, सामूहिक लगानी योजना, आदि) र त्यसको विशेषता, फाइदा वा बेफाइदा, अन्तनिहीत जोखिम, मूल्य अस्थिरता, र लगानी अवधिको बारेमा जानकारी लिएर मात्र लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
धितोपत्र कारोवारमा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्न र धितोपत्र कारोबार वापत लाग्ने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिन बोर्डले जारी गरेको सूचनामा भनिएको छ ।

लगानीकर्तालाई लगानीबारे जानकारी लिन धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालय, विद्युत नियमन आयोग तथा नेपाल बीमा प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.